गढी गाउँपालिकाले ५० करोडको बजेट ल्याउँने

५ असार ,हेटौंडा । मकवानपुर गढी गाउँपालिकाले आउँदो आर्थिक बर्षमा ५० करोड रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । बजेका लागि सबैजसो तयारी पनि गरिएको छ । यही असार १० गते देशभरीका स्थानीय तह जस्तैगरी गढी गाउँपालिकाले पनि बजेट ल्याउने तयारी अनुसार ५० करोड रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी भएको गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले बताउनुभयो । बजेटको धेरै जसो रकम सडक निर्माणमा बडी प्राथमिकता दिइएको छ । पालिका भरीका धेरै जसो वडामा सडक पुर्बाधारले जोड्नुपर्ने पहिलो आवस्यक्ता भएकाले सडक निर्माणलाई बढी प्राथमिकता दिइएको अध्यक्ष हुमागाईले बताउनुभयो । सडकपछी कृषिको भण्डारका रुपमा बिकाश हुँदै गएको गढीमा कृषिका लागि दाना उद्योग, ब्याबसायीक किसानलाई प्रोत्साहित गर्ने लगायतका कार्यक्रमका लागि बजेट छुट्याइन लागिएको छ ।

गाउँपालिकाले सडक संगै खानेपानी, सिंचाई, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा बजेट छुट्याएर काम गर्न लागेको छ । धेरै महत्वपूर्ण र गाउँपालिकाको बजेटले नपुग्ने स्थानमा प्रदेश सरकार र संघिय सरकारको बजेट समेत माग गरेर काम गर्ने तयारी रहेको अध्यक्ष हुमागाईले बताउनुभयो । बजेटको तयारीका लागि गाउँपालिकाका वडा अध्यक्षहरु, वडा सदस्यहरु, कर्मचारी अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत सहित बिहान देखि बेलुका सम्म खटिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*