हेटौंडाको वन विज्ञान अध्ययन संस्थानमा बृक्षारोपण

हेटौंडा, ६ असार । हेटौंडा उपमहानगरपालिकामा अवस्थीत वन विज्ञान अध्ययन संस्थानको हाता भित्र बृक्षा रोपण गरिएको छ । त्रिभुवन विश्व विद्यालय तथा कृषि तथा वन विज्ञान विश्व विद्यालय बिच विवादकायमै रहदा त्रिभुवन विश्व विद्यालयको नाममा रहेको जग्गामा भवन बनाउन भन्दै फडानी गरिएको स्थानमा बृक्षरोपण गरिएको हो । फडानीको क्रममा यहाँको दुईसय ५० भन्दा बढी रुखहरु मासिएकोले उक्त उजाड स्थानमा विभिन्न प्रजातिका तिन सय बोट बिरुवाहरु लगाइएको वन विज्ञान अध्ययन संस्थानका सहायक क्यम्पस प्रमुख विक्रम मानन्धरले जानकारी दिनुभयो । दुई विश्व विद्यालयहरु बिच विबाद कायमै रहदा त्यसको थुप्रै नकारात्मक असरहरु पर्न थालेका छन । विगतको सुरक्षित र व्यवस्थीत स्थान अहिले अस्तव्यस्त भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*