हेटौंडाको जंगलमा देखापर्यो भालु
७ असार,हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडानम्बर ९ जिल्ला वन कार्यालय मकवानपुरको सव डिभिजन कार्यालय वरपर भालु दैखापरेको छ । मकवानपुरका बिभीन्न जंगलमा चित्तल, मृग संगै अहिले भने भालु समेत देखापरेका हुन् । स्लोय बियर देखापरेको वनका प्राबिधिकहरु बताउँछन् । मकवानपुरमा घना जंगल बढेसंगै भालु पनि देखापर्न थालेको जिल्ला वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अचुत लामिछानेले बताउनुभयो ।
हेटौंडामा पर्षावन्यजन्तु आरक्षबाट भालु पसेको हुन सक्ने आसंका गरिएको छ । तर, दुईवटा भालु हेटौंडाका जंगलमानै बसिरहेको प्राबिधिकहरु बताउँछन् । भालुको संरक्षणमा वन कार्यालय पनि लागिपरेको छ । हेटौंडा संगै मकवानपुरको बकैया, ठिंगन, चन्द्रगिरी लगायतका स्थानमा पनि भालु देखापरेको छ । मकवानपुरका जंगल घना बनेसंगै थरिथरिका वन्यजन्त्ुहरु देखापरेका हुन् ।