हेटौँडामा २५ मिटर क्षेत्रमा रहेको सम्पूर्ण संरचना हटाउन सूचना जारी

७ असार,हेटौँडा । पुर्व पश्चिम राजमार्गको दायाँ बाँया २५ मिटर क्षेत्रमा रहेको सम्पूर्ण संरचना हटाउन फेरिपनि सूचना जारी भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, संघिय सडक सुपरिवेक्षण तथा अनुगमनको कार्यलय काठमाण्डौ, सडक विभाग हेटौँडाले १५ दिने सूचना जारी गर्दै सडक ऐन २०३१ को दफा १९ अनुसार दायाँवाँयाको २५ मिटर खालि गर्न सूचना जारी गरिएको हो । सडक डिभिजन कार्यालयले २०६९ साल भदौ १५ बाट पटक–पटक सूचना जारी गर्दा समेत अटेर गरिएको भन्दै आजको मितिबाट १५ दिनसम्म २५ मिटर क्षेत्रको घरटहरा भत्काउन आग्रह गरेको छ । यदि यस आग्रहलाई कार्यन्वयन नगरे सडक ऐन अनुसार कारबाही गरिने समेत सूचनामा उल्लेख रहेको छ ।
यसैबिच डिभिजन सडक कार्यालयले हेटौँडाको सडकलाई दायाँवायाँ २५ – २५ मिटर फराकिलो पार्ने गरि उक्त क्षेत्रमा पर्ने संरचनालाई १५ दिनभित्र हटाउन सूचना जारी गरेपछि प्रदेश सरकारले गत फागुनमा गरेको निर्णय वेअर्थ भएको छ । तीन नंम्बर प्रदेशको मन्त्री परिषद बैठकले गत फागुन ५ गते हेटौंडाको मुख्य बजारको राजमार्गको सडक थप फराकिलो बनाएर बाईपास सडक पनि निर्माण गर्ने निणय गरेको छ । हेटौंडा क्षेत्रमा पर्ने पुर्वपश्चिम राजमार्ग र त्रिभुवनराजपथको सडकलाई सडकको दायाँ बायाँ १६ –१६ मिटर कायम गर्ने र बाईपास सडकलाई राजमार्गको रुपमा विकास गर्नका लागि संघिय सरकारलाई अनुरोध गर्ने निणय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*