हेटौँडाका वर्ड फ्लु प्रभावित किसानले ४ करोड ४२ लाख क्षतिपुर्ती पाउने
हेटौँडा,७ असार । बर्ड फ्लु प्रभावित हेटौँडाका किसानहरुले क्षतिपुर्ती पाउने भएका छन् । उनीहरुले क्षतिपुर्ती बापत ४ करोड ४२ लाख रुपैँया प्राप्त गर्ने भएका हुन् । बर्ड फ्लु रोग नियन्त्रण प्राविधिक समिति मकवानपुर र जिल्ला प्रशासन कार्यालय मकवानपुरको संयुक्त बैठकले क्षतिपुर्तीको विषयमा छलफल गरेको हो । बैठकले पीडित किसानको नाउँमा पशुसेवा विभागबाट आएको क्षतिपुर्ती रकम सोमबारबाट बाढने गरि निर्णय समेत गरेका छन् ।
बर्ड फ्लुको कारण हेटौाडाको वडा नंबर ७, ८, १६ तथा १७ का गरि ६६ हजार ५ सय ४६ कुखुरा नष्ट गरिएको थियो । उक्त कुखुरा ५४ जना कृषकको रहको थियो । किसानले सबै क्षतिपुर्ती पाउनुपर्ने माग गरेपनि जम्मा ७५ प्रतिशत रकम मात्र प्राप्त गर्ने मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । उनले चाँडै यो क्षतिपुर्ती रकम प्राप्त गर्न सफल भएको समेत बताए । सोमबारबाट प्रकृती जलाशय मत्स्य प्रवर्दन एवं संरक्षण केन्द्र मकवानपुरमार्फत् किसानलाई उक्त रकम वितरण गरिने जनाईएको छ । कृषकले एउटा कुखुराको ९ सय ४ रुपैँयाको दरले रकम माग गरेको भएपनि विभागले ६ सय ७५ रुपैँया पठाएको छ ।