हेटौंडामा कृषि वन बिज्ञानको भवनको शिलान्यास

९ असार,हेटौंडा ।  कृषि तथा वन बिज्ञान बिश्वबिद्यालय शैक्षिक भवनको आज हेटौंडामा शिलान्यास गरिएको छ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शैक्षिक भवनको शिलान्याश गर्नुभयो । कुल ९ करोड ८८ लाख रुपैयाँ लागतमा भवन निर्माण गर्न लागिएको कृषि तथा वन बिज्ञान बिश्वबिद्यालय हेटौंडाका डिन डाक्टर बलराम भट्टले बताउनुभयो । पाँच तलामा २० वटा कोठा निर्माण गरिने छ । यस भवनमा कक्षा कोठा, पुस्तकालय, प्रयोगशाला, सेमिनार हल निर्माण हुने डिन भट्टले जानकारी दिनुभयो । भवन अभाबका कारण कृषि तथा वन बिज्ञान बिश्वबिद्यालयका बिद्यार्थीलाई अध्यापन गराउनका लागि समस्या झेल्दे आएपछी भवन निर्माण गर्न सुरु गरिएको हो ।

४ सय ६३ वन बिज्ञान सम्वन्धी स्नातक तथा स्नातकोत्तर एवं २ जना विद्यावारिधीका विद्यार्थी अध्ययन गरिरहेको सो कलेजमा भवनको अभाव भएकोले सो भवन निर्माण हुन लागेको हो । सो कलेको त्यहाँ ६० विगाह जमिन रहेको छ । कलेज हातामा करिब २ कठ्ठा जमिनमा २० कोठा सहितको ५ तले सुविधा सम्पन्न भवन निर्माण हुने बताइएको छ । कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का सांसद तथा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल, प्रदेश ३ का प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ, प्रदेश ३ का सांसदहरु प्रेमबहादुर पुलामी लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सांसद जुनेली श्रेष्ठ, पुर्ब सांसदहरु ललित बस्नेत, सुभाषचन्द्र ठकुरी, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, बिश्वबिद्यालयका रजिष्टार प्राध्यापक डाक्टर मनराज कोलाक्छपति लगायतकाको आतिथ्यता रहेको थियो । कृषि तथा वन बिज्ञान बिश्वबिद्यालयका उपकुलपति प्राध्यापक डाक्टर इश्वरी प्रसाद ढकालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*