हेटौंडा बजार क्षेत्रमा २५ मिटर घर भत्काउँदा मुआब्जा दिनुपर्ने माग
११ असार ,हेटौंडा । मकवानपुर उद्योग बाणिज्यसंघले पूर्ब पश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तरगत हेटौंडा बजार क्षेत्रमा २५ मिटर घर भत्काउँदा मुआब्जा दिनुपर्ने माग गरेको छ । पत्रकार समेलन गर्दै उद्योग बाणिज्यसंघका अध्यक्ष तथा हेटौंडा बसोबास संरक्षण समितिका संयोजक कृष्ण कटुवालले राजमार्ग क्षेत्रमा १६ मिटर मात्र भत्काउँदा क्षेतिपुर्ति दिनु नपर्ने तर, २५ मिटर भत्काउँदा मुआब्जा दिनुपर्ने बताउनुभयो । आफूहरु बिकाश बिरोधी नभएको उहाँले बताउनुभयो । हाल आएर हेटौंडा नगर क्षेत्रभित्रका २ हजार घरधुरीमा लगानी भएको करिब ४० अर्ब लगानी रहेको छ । सो घरधुरीमा रहेका साना तथा ठूला व्यवसायीहरुको करिब २० अर्ब गरी जम्मा झण्डै ६० अर्बको लगानीलाई सरकारले बल प्रयोग गरेर सुकुम्बासी बनाउन नमिल्ने बताउनुभयो ।
वर्तमान अवस्थामा बनेका संरचनाहरु भत्काउनुको अर्थ सुन्दर तथा हरियाली नगरीको रुपमा सुपरिचित ऐतिहासिक हेटौंडा नगरीको शोभालाई कुरुप बनाउनु मात्र नभई नगरमा व्यवसाय गरी रहेका करिब ५ हजार साना ठूला व्यवसायीहरु सुकुम्बासी बन्ने वा पलायन हुने निश्चित रहेको अध्यक्ष कटुवालले बताउनुभयो ।
राज्यलाई आवश्यक, नागरिकको जमिन तथा सम्पत्तिको उचित एवम् पर्याप्त मूल्यांकन गरी न्यायिक रुपमा मुआब्जा एवम् क्षतिपूर्ति दिई राज्यले लिंदा प्रभावकारी, जवाफदेही र जिम्मेवारीपूर्ण हुने उहाँले बताउनुभयो । कार्यक्रममा मकवानपुर उद्योग बाणिज्यसंघका पूर्ब अध्यक्ष उत्तम शर्मा ढकाल, बरिष्ठ उपाध्यक्ष माधब न्यौपाने लगायतकाको उपस्थित रहेको थियो ।