लागूऔषध नियन्त्रण गर्न सबै पक्ष उत्तिकै जिमेवार भएर लाग्नुपर्ने
११ असार ,हेटौंडा । लागूऔषध दुरुपयोग तथा अबैध ओसार पसार बिरुद्धको अन्तराष्ट्रिय दिवस हेटौंडामा प्रभातफेरी गरेर मनाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवापनुरबाट सुरु गरिएको प्रभातफेरी बाईपास रोड, बसपार्क क्षेत्र, टिसिएन रोड हुँदै बुद्धचोकमा आएर सभामा परिणत भएको थियो । जिल्ला स्तरिय लागूऔषध नियन्त्रण अभियान मकवानपुरको आयोजजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागिहरुले लागूऔषध नियन्त्रण गर्नका लागि सबै पक्ष उत्तिकै जिमेवार भएर लाग्नुपर्ने बताएका छन् । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले लागूऔषध नियन्त्रण गर्नका लागि प्रशासन र प्रहरीले मात्र नसक्ने भएकाले स्थानीय तह संगै आम नागरिक समाज लाग्नुपर्ने बताउनुभयो । चालु आर्थिक बर्षमा मात्र मकवानपुरको राक्सीराङ्, कैलाश, बकैयाँ लगायतका गाउँपालिकामा ३ सय ४२ बिगाहा क्षेत्रफलको गाँजा नष्ट गरिएको बताउनुभयो ।
कार्यक्रममा प्रदेश नम्बर ३ को आन्तिरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिब बालकृष्ण निरौलाले लागूऔषध नियन्त्रणको अभियानमा आफुहरु पनि सहकार्य र समन्वय गरेर काम गर्न तयार रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले अपराधिक घटनामा प्रहरी कस्टडीमा रहेका मध्यमा ६० प्रतिशत थुनुवा लागूऔषध ओसार पसारमा संलग्न रहेको बताउनुभयो ।