हेटौंडाका बर्ड फ्लु प्रभावित किसानले पाए ४ करोड ४२ लाख क्षतिपुर्ती
१२ असार,हेटौंडा । बर्ड फ्लु प्रभावित हेटौंडाका किसानहरुले क्षतिपुर्ती पाएका छन् । उनीहरुले क्षतिपुर्ती बापत ४ करोड ४२ लाख रुपैँया प्राप्त गरेका छन् । जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण कार्यालयले बुधबार क्षतिपूर्ती रकम वितरण कार्यक्रमको आयोजना गरी किसानहरुलाई रकम वितरण गरेको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारी, उपभोक्ता हकहित संरक्षण मञ्चका संयोजक बासु खतिवडा पशुसेवा कार्यालयका पशु चिकित्सक लगायतको सहभागितामा रकम वितरण गरिएको थियो । बर्ड फ्लुको कारण हेटौंडाको वडा नंबर ७, ८, १६ तथा १७ का गरि ६६ हजार ५ सय ४६ कुखुरा नष्ट गरिएको थियो । उक्त कुखुरा ५४ जना कृषकको रहको थियो ।