लालपुर्जा नभएका भुकम्प पीडितले पाउने भए घर बनाउन रकम

२०७६ अषाढ १३ । मकवानपुरका ७ सय ५५ परिवारले भुकम्पबाट भएको क्षति भएको घर पुन निर्माणको लागि रकम पाउने भएका छन् । मकवानपुरका सांसद विरोध खतिवडाको पहलमा पुन निर्माण प्राधिकरणले कवानपुर जिल्लाका ७ सय ५५ भूमिहीन पूर्ण लाभग्राहीहरु र प्रवलीकरणका ३ सय २७ भूमिहीन लाभग्राहीहरु गरि जम्मा १ हजार ८२ भूमिहीन लाभग्राहीबाट साविककै स्थानमा पुनर्निर्माण गर्न रकम दिने भएको हो ।
लालपुर्जाको समस्याले आक्रान्त रहेको मकवानपुरमा लालपुर्जाकै अभावमा भुकम्पबाट क्षति भएकाहरुले अनुदान नपाएको गुनासो ब्यापक आएपछि खतिवडाले प्राधिकरणसँगको पटक पटकको छलफल गरेका थिए । सांसद बिरोध खतिवडाको अध्यक्षतामा हेटौंडामा बसेको बैठकले लालपूर्जा नभएका ७ सय ५५ परिवारलाई पून निर्माण प्राधिकरणको सहयोगमा घर निर्माण गर्ने निर्णय गरेपछि मकवानपुरमा देखिएको उक्त समस्या समधानको बाटो खुलेको हो । मकवानपुरको बकैया, मनहरी, भिमफेदी, बागमती लगायतका गाउँपालिकाका भूकम्प पीडितहरुलाई सम्झौता गरेर अनुदान रकम लिनका लागि सहज भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*