हेटौँडामा २५ मिटर भत्काउन घरटहराको लगत संकलन गरिने
हेटौँडा,१४ असार । मकवानपुरको हेटौँडामा सडक डिभिजन कार्यालय हेटौंडाले राजमार्ग क्षेत्रमा पर्ने घरटहराहरुको क्षतिको विवरण संकलन कार्य गर्न सुरु गर्ने भएको छ । कार्यालयले हेटौँडाको पुर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथमा पर्ने घर तथा टहराको लगत संकलन हुने भएको हो । यो पटक २५ मिटरको सन्र्दभमा काम गर्ने पुर्ण तयारस् भएको सडक डिभिजन कार्यालय हेटौँडाकाडाका सूचना अधिकारी जयराम अधिकारीले बताए । सडकको केन्द्रबाट दुबै तर्फ २५ मिटर क्षेत्रमा पर्ने सबै संरचनाको लगत संकलन गर्ने उनको भनाई रहेको छ । उनले लगत संकलनको क्रममा आ–आफ्नो कित्ता नम्बर सहितको विवरण संकलन टोलीलाई उपलब्ध गराउनुका साथै आवश्यक सहयोग गर्न समेत अनुरोध गरेका छन् ।