हेटौँडाका मेयरको राजनीतिक सल्लाहकारमा नरहरि महत
हेटौँडा,१४ असार । हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफ्नो राजनीतिक सल्लाहकारमा नरहरि महतलाई नियुक्त गरेका छन् । मेयरको रुपमा विजयी भएको दुई वर्षपछि महतले नेकपाका नेता समेत रहेका नरहरी महतलाई नियक्त गरेका हुन् ।तत्कालिन नेकपा एमालेका जिल्ला सदस्य तथा विशेष पुर्वी नगरकमिटिका अध्यक्ष समेत रहेका महत करिब १५ वर्ष तत्कालिन एमालको हर्नामाडी गाउँकमिटिमा रहेर सक्रिय राजनीति गरेका थिए । उनले तत्कालिन एमालेका क्षेत्रीय कमिटिमा रहेर समेत कार्य गरेका थिए । हाल नेकपा मकवानपुरको शालिन तथा बौद्धिक नेताका रुपमा रहेका महतलाई हेटौँडा उपमहानगरपालिकाका मेयर महतले राजनीतिक सल्लाहाकारको रुपमा नियुक्त गरेपछि उनलाई कार्य सम्पादन गर्न थप सहजता मिल्ने बताईएको छ ।