तेश्रो मिसेस मकवानपुर साउन २ गतेबाट सुरु हुने
हेटौँडा,१४ असार । हेटौंड लेडी जेसीजको आयोजनामा तेश्रो मिसेस मकवानपुर साउन २ गतेबाट सुरु हुने भएको छ । २२ दिनसम्म चल्ने प्रतियोगितामा महिलाहरुको नेतृत्व, व्यक्तित्व विकास लाई विशेष जोड दिईने मिसेस मकवानपुर कार्यक्रमको कार्यक्रम संयोजक सृष्टि गोर्खालीले जानकारी दिईन् । कार्यक्रममा २० जना महिलाहरुको सहभागिता जनाउने लक्ष्य लिईएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । प्रतियोगितामा सहभागि हुनको लागी फर्म शुल्क वापत १ जार रुपैयाँ र छनौट भईसकेपछी १५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने छ । प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि १० लाख ७० हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।