काम गर्न नसकेपछि प्रधानमन्त्री रुन थाले – प्रकाशमान सिंह

१५ आषाढ, २०७६ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुईतिहाइको बहुमत पाएर पनि काम गर्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली रुन थालेको बताएका छन्।  नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले गरेको लौहपुरुष गणेशमान सिंहको अर्धकदको सालिक अनावरण कार्यक्रममा बोल्दै सिंहले केपी ओली नेतृत्वको सरकारले दुईतिहाइको शक्ति नै चिन्‍न नसकेको आरोप लगाए । अहिलेको सरकारले दुईतिहाइ पाएर पनि डरपोख निस्किएको उनले बताए । दुईतिहाइ बहुमत भएर पनि अहिलेको सरकार सबैभन्दा डरपोख देखियोु, उनले भने, आफू शक्तिशाली प्रधानमन्त्री बन्‍ने धुनमा केपी शर्मा ओली सबैभन्दा कमजोर प्रधानमन्त्री भएका छन्। काम गर्न नसकेपछि प्रधानमन्त्रीको गुनासो सुरु भएको उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*