एसईई परिक्षामा जिल्लामा उत्कृष्ट नतिजा ल्याएपछी हेटौंडामा बाजा बजाएर ¥याली

१६ असार, हेटौंडा । हेटौंडा २ मा संचालनमा रहेको बालजागृति इङलिस सेकेण्डरी स्कुलले आज हेटौंडामा बाजा बजाएर ¥याली गरेको छ । बिद्यालयले एसईई परिक्षामा ८८ दशमलब ३७ प्रतिशत नतिजा ल्याएर बिद्यालयतर्फ जिल्ला प्रथम भएको खुसीयालीमा आज हेटोंडामा रयाली निकालेको हो । यता बिद्यार्थी तर्फमा ३ दशमलव ९ अंक ल्याएर बिद्यालयका छात्र रिवाज श्रेष्ठ जिल्ला दोस्रो हुन सफल भएको खुसीयालीमा आज बाजा बजाएरनै बजार परिक्रमा गरिएको बिद्यालयका प्रिन्सिपल विनोद सुवेदीले वताउनुभयो । बिद्यालयका ८६ जना विद्यार्थी मध्यमा २०७५ सालको एसइइमा ए प्लस र ए ग्रेडगरी ७६ जना बिद्यार्थीहरुले उच्चतम ग्रेड प्राप्त गरी ८८ दशमलव ३७ प्रतिशत नतिजा ल्याएको सुवेदीले वताउनुभयो । बिद्यालयका २० जना विद्यार्थीले जिपीए ल्याउन सफल भएका छन् । आज विद्यालय प्राङ्गनबाट निकालीएको र्यालीले संगमचोक, कान्तिलोकपथ, स्कुलरोड, सिमाचोक, बुद्धचोक, पिपलबोट हुँदै पुन बिद्यालयमा आएर टुङ्गीएको थियो ।
बिद्यार्थी र अभिभावकलाई पनि हौसला प्रदान गर्नका लागि बाजा सहितको यो कार्यक्रम गरिएको बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमल्सीनाले बताउनुभयो । कार्यक्रममा बिद्यालयका अभिभावक, सबै शिषक, विद्यार्थीहरुको सहभागिता रहेको थियो । सबै विद्यार्थी, शिक्षकहरु अविर लगाएर बजारमा खुसीयालीमा निस्कीएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*