प्रेम सम्बन्धमा बाधक बनेको भन्दै आफ्नै आमाको हत्या
१६ असार, हेटौंडा । आफ्नो प्रेम सम्बन्धमा बाधक बनेको भन्दै एक छोरीले आफ्नै आमाको हत्या गराएकी छन् । भक्तपुरको चाँगुनारायण–७ बस्ने ईश्वरी भट्टराईले प्रेमीसमेतको सहयोगमा भाडाका अपराधी परिचालन गरेर ७० वर्षीया आमा सावित्रा भट्टराईको हत्या गरेकी हुन् । सावित्राको आइतबार दिउँसो चाँगुनारायण–७ स्थित घरमा हत्या भएको थियो । श्रीमान्ले दोस्रो विवाह गरेपछि सावित्रा आफ्ना कान्छी छोरी ईश्वरीसँग बस्दै आएकी थिइन् । विवाहित ईश्वरी सिराहा घर भइ भक्तपुर बस्दै आएका मोहम्मद नौशादसँग प्रेम सम्बन्धमा थिइन् । गार्मेन्ट उद्योगमा काम गर्ने क्रममा ईश्वरी र नौशाद प्रेममा परेका थिए । प्रहरीका अनुसार सावित्राले ईश्वरी र नौशादबीचको सम्बन्ध थाहा पाइसकेकी थिइन् । ईश्वरीको विवाहेत्तर सम्बधनका विषयमा साबित्रा र ईश्वरीबीच पटक पटक झगडा समेत हुने गरेको थियो । तर, ईश्वरीले भने प्रेमीको साथ नछाड्ने अडान लिँदै आएकी थिइन् । आमाले आफ्नो प्रेम सार्वजनिक गरिदिने डरका कारण ईश्वरीकै योजनामा सा आइतबार दिउँसो चक्कुले घाँटी रेटेर साबित्राको हत्या भएको थियो ।
१ वर्ष अगाडि वैदेशिक रोजगारीमा गएका आफ्ना प्रेमीलाई बोलाएर ईश्वरीले नै आमालाई मार्ने योजना बनाएको अपराध मशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए ।
ईश्वरीकै योजनाअनुसार नौशादले भारतबाट २ जना ‘कन्ट्याक्ट किलर’ बोलाएका थिए । आफ्नी आमाको हत्या गर्न भाडामा अपराधी ल्याउन ईश्वरीले १२ लाख रुपैयाँ खर्च दिनि आश्वासन दिएको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले हत्यामा संलग्न कन्ट्याक्ट किलरहरु भारतीय नागरिक अर्जुन कुमार भनिने भोला कुमार र मोहम्मद रइससहित ईश्वरी भट्टराई र उनका प्रेमी मोहम्मद नौसादलाई पक्राउ गरिसकेको छ । उनीहरुविरुद्ध कर्तब्य ज्यान मुद्दामा थप अनुसन्धान गर्न म्याद थपका लागि अदालत पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।