हेटौंडामा कम्पोष्ट प्रबद्र्धन तथा कौशी खेती तालिम शुरु
घरायसी फोहरबाट कम्पोष्ट मल बनाउँदै कौशीमा तरकारी खेती बृद्धी गराउने उदेश्यले भर्मि कम्पोष्ट प्रबद्र्धन तथा कौशी खेती बिस्तार कार्यक्रम हेटौंडामा शुरु भएको छ । प्रदेश ३ को उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय अन्तरगतको बन निर्देशनालयले आयोजना गरेको तालिमको हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले सोमबार उद्घाटन गरिन् ।
नेपाल स्वच्छ वातावरण महाअभियान २०७५ सहयोग कार्यक्रम अन्तरगत हेटौंडा १ र १० मा आयोजना गरिएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका शाखा अधिकृत ध्रुबबहादुर भुजेल र रबिन्द्रप्रसाद पौडेलले सहजिकरण गरेका थिए । बन निर्देशनालय हेटौंडाका रेञ्जर बद्री ढुङ्गाना, सविना तिमल्सिना, हेटौंडा १० का वडा अध्यक्ष किताप सिंह लामा, वडा सदस्यहरु साधना श्रेष्ठ, उमा सुनार, आदर्श टोल विकास संस्थाकी अध्यक्ष शान्ता गजुरेल लगायतको आतिथ्य रहेको थियो ।
तालिम हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर २, ४ र ९ मा समेत आयोजना गरिने बन निर्देशनालयले जनाएको छ ।