सरकार दिनप्रतिदिन अलोकप्रिय बन्दै गयो – माधव नेपाल

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले सरकार दिनप्रतिदिन अलोकप्रिय बन्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । एकपछि अर्को गर्दै सरकारका कामकारबाहीहरु अलोकप्रिय बन्दै जानु देशकै लागि चिन्ताको विषय भएको नेपालको भनाइ छ ।
मंगलबार काठमाडौंमा आयोजित पूर्व सांसद मञ्च नेपालको १९ औ साधरण सभालाई सम्बोधन गर्दे नेता नेपालले पुर्वाधार विनाका योजना घोषणा, मनपरि नियुक्ति तथा अवकास लगायत सरकारका क्रियाकलावका कारण जनतामा असन्तुष्टि बढ्दै गएको बताए ।
न्युनतम पुर्वाधार विना नै विदेशी मुलुकको विकासको नक्कल गर्न खोज्दा समस्या सिर्जना भएको नेपालले टिप्पणी गरे । पार्टीभित्रको आन्तरिक विवादतर्फ संकेत गर्दै नेता नेपालले ‘व्यवहारमा पुष्टि नहुने सिद्धान्त सही सिद्धान्त नहुने’ भन्दै परिवर्तनको आवश्यकता रहेको बताए । नेतृत्व विचारमा रहेको विविधितालाई सकरात्मक रुपमा लिएर आलोचना र टिप्पणीप्रति सकारात्मक हुनसक्नुपर्ने पनि नेता नेपालको भनाइ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*