हेटौंडाका पाँच वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

१८ असार,हेटौंडा । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत हेटौंडा १ रापतीपुल नजिकको खाली जग्गामा चारैतिरबाट फूलका विरुवा रोपीएको छ । बिभीन्न जातका बिरुवा रोपीएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत हेटौंडा उपमहानगरपालिकाले श्रमिकहरुलाई फूल रोप्न लगाइएको हो । हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख हरिबहादुर महत, उपप्रमुख मिना कुमारी लामा, हेटौंडा १ का वडाअध्यक्ष सविन न्यौपाने लगायतकाले बिभीन्न जातका फूलका विरुवा रोपीएको हो । रापती पुल नजिकको खाली जग्गालाई अब फूलै फूलबाट हराभरा बनाउने तयारी भएको नगरप्रमुख महतले बताउनुभयो । कामका लागि पारिश्रमिक कार्यक्रममा ४० जनालाई यस क्षेत्रमा मात्र पारिश्रमिक दिएर काम गरिएको हो । उनीहरुका लागि १५ दिनका लागि काम दिइने छ । हेटौंडाको रापती पुलमा सगै हेटौंडा १२, १४, १५ र १८ नम्बर वडामा श्रमिकहरुले काम गर्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*