गरिब र हुँदाखानेहरुका पक्षमा सरकार नलाग्दा मुलुक एजेण्डा बिहिन – कार्यवाहक मुख्यमन्त्री जमकट्टेल
प्रदेश नम्बर तीनका कार्यवाहक मुख्यमन्त्री एवम् आन्तरिक मामिला तथा कानुनमनत्री शालिकराम जमकट्टेलले अब आफुहरु एजेण्डा बिहिन बनेको बताउनुभएको छ । मुलुकमा भएका सबै राजनीतिक उपलब्धीहरुमा संचारकर्मीहरुसँगै रहेपनि संबिधान सभाबाट संबिधान जारी भएपछि र पछिल्ला तीन तहको चुनावपछि एकखालको अन्यौलता देखिएका कारण हरेक क्षेत्रमा असंतुष्टी बढ्दै गएको उहाँले बताउनुभयो । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर तीनको प्रथम प्रदेश साधारण सभा तथा मिडिया सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथिका रुपमा आफ्ना धारणा राख्दै उहाँले गरिब र हुँदाखानेहरुका पक्षमा सरकार नलाग्दा पनि मुलुक एजेण्डा बिहिन जस्तो बनेको टिप्पणी गर्नुभयो । उहाँले गरिखाने र गरिबहरुको पक्षमा सरकारहरुले काम गर्नुपर्ने र हुँदाखाने र धनीहरुलाई अनुदान नभइ उनीहरुको सम्पत्तिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अब कसैले चाहेर पनि पत्रकारहरुका बिरुद्ध कानुन आउन नसक्ने जिकिर गर्नुभयो । यद्यपी नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले संघीय सरकार योजनाबद्ध रुपमा पत्रकारिता पेशाको तेजोबध गर्न लागेको आरोप लगाउनुभयो । उहाँले मिडिया काउन्सील बिद्ययक पुर्नलेखन नभएसम्म पत्रकरा महासंघले घोषणा गरेको आन्दोलन नरोकिने पनि उल्लेख गर्नुभयो । उहाँले आफूहरुको आन्दोलन कसैको उक्सावटमा नभएको पनि स्पष्ट पार्नुभयो ।