मुख्यमन्त्री डोरमणि पौडेलले चिनमा यसो भने

१९ असार ,हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकासका गति संगसंगै लैजान चिनको गान्सु प्रान्तसंग भगिनी सम्बन्ध जोडेको बताउनुभएको छ । चिनको ५ दिने भ्रमणका क्रममा विहिबार गान्सु प्रान्तमा भएको २५ औ चीन लान्झाउ इन्भेस्टमेन्ट एन्ड ट्रेड फेयर एन्ड हाई इन्ड फोरम अन सिल्क रोड कोअपरेसन कार्यक्रममा सम्बोधन गर्दै उहाँले चिन तथा गान्सु प्रान्तको अभुतपूर्व विकासबाट नेपाल प्रभावित भएको धारणा राख्नुभयो । यो भन्दा अगाडि पनि राष्ट्रपति विद्यादेबी भण्डारीसंग चिनको भ्रमण गरेको स्मरण गर्दै मुख्यमन्त्री पौडेलले चिनसंग सदैब राम्रो सम्बन्ध हुने प्रष्ट पार्नुभयो ।
मुख्यमन्त्री पौडेलले दुई देशले एक अर्काको सार्वभौमिकता र संघीयतामा उत्तिकै सम्मान गरेको बताउँदै चिनसंग ऐतिहासिक, सांस्कृतिक, आर्थिक र भौगोलिक आधार पनि मिल्ने बताउनुभयो । चीनको विकासबाट नेपालले धेरै कुरा सिक्ने भन्दै मुख्यमन्त्री पौडेलले भन्नुभयो–‘ चीन त विशेष छँदैछ त्यसमा पनि भगिनी सम्बन्ध स्थापना भएको गान्सुको विकाससंगै ३ नम्बर प्रदेश सरकारले पनि फाईदा लिन सक्नेछ ।’ गान्सु प्रान्तमा आफ्नो पहिलो भ्रमण रहेको स्मरण गर्दै उहाँले परिबहन सम्बन्धमा हस्ताक्षर गरेपछि सम्बन्ध नयाँ उचाईमा पुगेको बताउनुभयो । नेपालले अहिले सुखि नेपाली सम्बृद्ध नेपालको नारालाई आत्मसाथ गराउन चीनमा भएको बिकासको भुमिका हुने पनि उहाँको भनाई थियो ।
नेपालको ७ प्रदेशमा सबै भन्दा ३ नम्बर प्रदेश महत्वपूर्ण स्थानमा रहेको भन्दै २ तिहाई उद्योग पनि ३ नम्बर प्रदेशमा नै रहेको समेत उहाँले जानकारी दिनुभयो । संयुक्त उद्योग सञ्चालनको लागि विदेशी लगानीलाई नेपालले प्रोत्साहित गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । नेपाल धेरै क्षेत्रहरूमा व्यापारको लागि खुला रहेको भन्दै उहाँले निर्धक्क भएर लगानी गर्न पनि आग्रह गर्नुभयो । अहिले नेपालमा सडक यातायात, रेलवे, बिमानस्थल, जल यातायात, र सूचना प्रविधिको बिकास अपरिहार्य रहेको बताउनुभयो । नेपालले हाइड्रो, स्वास्थ्य, पर्यटन, कृषि, खनिज र ऊर्जाका क्षेत्रमा लगानी गर्न आब्हान गरिरहेको जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*