प्रदेश सरकारले हेटौंडामा तरकारी बजारका लागि एक करोड दिने

१९ असार , हेटौंडा । प्रदेश नम्बर –३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलले मकवानपुरमा थोक बजार निर्माण गर्नका लागि सहयोग गर्ने भएको छ । चालु आर्थिक वर्षबाट सुरु गर्न लागिएको काम बहुवर्षिय योजानमा राखिएको छ । हेटौंडा उपमहानगरपालिका संगको सहकर्यमा प्रादेशीक तरकारी तथा फलफूल थोक बजार निर्माण तथा संकलन गर्नका लागि व्यावस्थापन गर्न लागिएको हो । तरकारी तथा फलफूल थोक बजार निर्माणका लागि प्रदेश सरकारले एक करोड रुपैयाँ आउँदो आर्थिक वर्षका लागि बजेट छुट्याएको छ । बषौदेखि हेटौंडाको टिसिएनमा अव्यसस्थीत रुपमा बस्दै आएका यहाँका तरकारी तथा फफूलको थोक वजार व्यवस्थित गर्नका लागि दुवै सरकारको सहकार्यमा काम गर्न लागिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । प्रदेश ३ सरकारले गतवर्षनै यो काम गर्ने भनिएपनि काम सुरु गर्न सकेको छैन । अब आउँदो आर्थिक बर्षका लागि बजेट छुट्याएर काम गर्ने तयारीमा प्रदेश नम्बर –३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयल तयारीमा रहेको यहाँका कर्मचारीहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*