देशले प्रधानमन्त्री ओलीको विकल्प खोजी रहेको छ – रामचन्द्र पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले प्रधानमन्त्री ओलीको विकल्प खोजी रहेको बताउनुभएको छ । प्रेस युनियन चितवनले शुक्रबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले जनताले सुख, शान्ति र समृद्धिको महशुस गर्न नपाएकाले विकल्प खोजी भइरहेको बताउनुभयो । उहाँले नेपाली कांग्रेस विकल्पको लागि तयार हुनुपर्ने औल्याउनुभयो । काँग्रेससँग बहुमत नभएपनि कांग्रेसको एतिहासिक भूमिका, जनधारले कम्युनिष्टको दुई तिहाइले खासै असर नपार्ने जिकिर गर्नुभयो । वर्तमान सरकारको नराम्रा कामको विरुद्धमा काँग्रेसले आवज उठाई रहेको भन्दै नेता पौडेलले सुशासनको पक्षमा पार्टी सधैव लडिरहने बताउनुभयो । नेपाली काँग्रेसले जनताको अगाडि दरिलो भएर प्रस्तुत हुने समय आएको पौडेलको भनाई थियो । कांग्रेसलाई अब ओरल्ली, मोरल्ली र पोल्टीकली हिसाबले खरो रुपमा उत्रनु पर्नेमा पौडेलले जोड दिनुभयो । पार्टीलाई अन्तरिक रुपमा बलियो बनाउन छिटोभन्दा महाधिवेशनको घोषणा गर्नुपर्ने उहाँले पौडेलले बताउनुभयो । महाधिवेशनमार्फत पार्टीभित्र रहेका कमजोरी, असन्टुष्टिहहरुलाई बाहिर ल्याएर समधान गर्नुपर्ने उहाँको भनाइ थियो ।