राक्सिराङमा बिशाक्त च्याउले घाइते भएका बिरामीको मृत्यु
अषाढ २१,हेटौडा । मकवानपुरको विकट गाउँमा च्याउ खाएर सख्त बिरामी भएपछि हेलिकोप्टरबाट उद्धार गरिएका बिरामीको ज्यान गएको छ । १९ बर्षीय बर्दलाल चेपाङका उपचारको क्रममा चितवनमा शुक्रबार राति मृत्यु भएको हो । बिशाक्त च्याउ खाएर बिरामी भएका एकै परिवारका सदस्यमध्ये यसअघि बर्दलालकी १३ बर्षीया बहिनी बुन्जीमायाँको मृत्यु भइसकेको छ । च्याउ खाएर बुन्जीमायाको मृत्यु भएपछि सख्त बिरामी भएका उनका बुवा दिपवहादुर, दाई बर्दलाल र ७ बर्षका भाई सोम सिंहालाई हेलिकोप्टरमार्फत उद्धार गरी चितवनस्थित भरतपुर अस्पताल लगिएको थियो । अस्पताल लगिएको एकसातापछि शुक्रबार राति बर्दलालको मृत्यु भएको उनीहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरी उपचारको व्यवस्था गरिरहेको संस्था लिसा हिमालय इभी जर्मनीका परियोजना निर्देशक अन्जनप्रसाद पौडेलले बताए । बर्दलालका ७ बर्षका भाई सोमसिंहको उपचार चितवनस्थित नयाँ मेडिकल कजेलमा भइरहेको छ । उनका बुवा बुवा दिपबहादुरको स्वास्थ्यमा उल्लेख्य सुधार आई अस्पतालले दिएको खाना खान सक्ने अबस्था रहेको परियोजना निर्देशक पौडेलले बताए ।