विषादी परीक्षण गर्नु आफैंमाथि नाकाबन्दी लगाउनुसरह हुने – मन्त्री यादव

२३ आषाढ, २०७६ । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले कृषि मन्त्रालयसँग भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने क्षमता नै नभएको जिकिर गरेका छन् । भारतबाट आउने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णय भारतीय दबावमा निर्णय फिर्ता नलिएको भन्दै उनले हावाको भरमा नउफ्रिन सांसदहरुलाई आग्रह गरे । राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको आज जवाफ दिने क्रममा मन्त्री यादवले अहिलेको अवस्थामा विषादी परीक्षण गर्नु आफैंमाथि नाकाबन्दी लगाउनुसरह हुने बताए । कृषि मन्त्रालयको क्षमता नहेरी विषादी परीक्षण गर्ने निर्णय गर्नु आफ्नो कमजोरी भएको र मूल्य बृद्धि हुन थालेपछि सरकार पछि हटेको उनको भनाइ थियो । राम्रो काम गर्न खोज्नुलाई कसैले अपराधको रुपमा लिन्छ भने पनि आफ्नो भन्नु केही नरहेको भन्दै मन्त्री यादवले तिललाई पहाड बनाउन खोजिएको बताए । विदेशीको अगाडि झुक्ने बानी परेकाहरुले आफुहरुलाई झुक्यो भनेर आरोप लगाइरहेको मन्त्री यादवको जिकिर थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*