प्रदेश ३ मा असार तेस्रो सातासम्म २० प्रतिशत मात्रै धान रोपाइँ

हेटौँडा । प्रदेश ३ मा असार तेस्रो सातासम्म २० दशमलव ९९ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । जबकि गत वर्षको यो अवधिमा ४६ दशमलव ९३ प्रतिशत धान रोपाइँ सकिइसकेको थियो । प्रदेश ३ को धेरै धान फल्ने जिल्ला चितवनमा १० दशमलव ६६ प्रतिशत धान रोपाइँ भएको छ । अघिल्लो वर्ष यो अवधिमा चितवनमा ४० प्रतिशत धान रोपाइँ भइसकेको थियो । त्यस्तै सिन्धुली, काभ्रे, धादिङ लगायतका जिल्लामा पनि गत वर्षको तुलनामा कम मात्रामा रोपाइँ भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*