हेटौंडामा प्रदेश ३ खेलकुद परिषदका पदाधिकारिहरुको सफथ ग्रहण

हेटौंडा । प्रदेश नम्बर–३ मा प्रदेश खेलकुद बिकाश परिषदमा छनौट गरिएका सदस्य सचिब तथा पदाधिकारिहरुको आज हेटौंडामा सफथग्रहण गरिएको छ । प्रदेशका सामाजिक बिकाश मन्त्री युवराज दुलाल अध्यक्ष रहेको परिषदमा सदस्य सचिब सूर्यलाल भण्डारी र सदस्यहरु बिकाश तामाङ, माधब तिमल्सीना, ममिता श्रेष्ठ, उत्तम गुरुङ र कल्पना शर्मालाई आज सफथ ग्रहण गराइएको हो । छ जनालाई परिषदका अध्यक्ष समेत रहनुभएका मन्त्री दुलालले सफथ खुवाउनुभयो । प्रदेश खेलकुद बिकाश परिषदमा २१ सदस्य टोली रहने भएपनि अहिले भने ६ जना मात्र यही असार ९ गतेको मन्त्री परिषदको बैठकले निणय गरेको थियो । कार्यक्रमलाई संबोधन गर्दै सामाजिक बिकाश मन्त्री दुलालले खेलकुद क्षेत्रमा भइरहेको बिकृति र बिसंगतिहरुलाई हटाउन परिषदले काम गर्नुपर्ने बताउनुभयो । खेल क्षत्रमा भएका फोहोरलाई हटाउन सबै लाग्नुपर्ने उहाँको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*