निरन्तर वर्षा हुदा मकवानपुरको ग्रामिण सडक अबरुद्ध, वाढी पहिरोको जोखिम

हेटौँडा । बिहिबारदेखि भएको निरन्तर वर्षाको कारण मकवानपुरको जनजीवन प्रभावित भएको छ । वर्षातको कारण हेटौँडाबाट काठमाण्डौँ जाने सिस्नेरी, फाखेल, कान्तिलोकपथ सडक अबरुद्ध भएको छ भने पुर्वि मकवानपुरको बकैया, वागमती सडक खण्डको केहिभागमा समेत सबारी आवगमन रोकिएको छ । त्यसैगरि पश्चिम मकवानपुरको राक्सीराङ सडक पनि अबरुद्ध भएको छ । निरन्तरको वर्षातको कारण मकवानपुरको हेटौँडा भएर बग्ने राप्ती तथा कर्रा खोलाको सहत ह्वातै बढेको छ भने पुर्वी मकवानपुरको बकैया। सिमात तथा वागमती नदीमा बाढीको खतरा बढेको छ । मकवानपुरको मकवानपुरगढी भएर बग्ने सामरी खोलमा समेत बाढी आएको स्थानीय दिनेश लामाले बताए । त्यसैगरी मकवानपुरको ग्रामिण भेगहरुमा पहिरोको जोखीम समेत बढेको छ । मकवानपुरको अधिकांश ग्रामिण इलाका पहिरोको जोखिममा रहेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अबरुद्ध भएका सडक खण्डको पहिरो हटाउने काम वर्षातको कारण गर्न नसकेको जनाएको छ । यता मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले वर्षातको कारण हुने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै आफुहरु आवश्यक तयारीमा जुटिसकेको जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*