इन्द्रसरोवरमा पहिरोले पुरियो कार

हेटौंडा । हेटौंडा काठमाण्डौ छोटो दुरीको मार्ग अन्तरगत इन्द्रसरोवर गाउँपालिका वडानम्बर १ कलंकीमा पहिरोले लडेर निजी कार पुरेको छ । हेटौंडाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा २ च ९९२० नम्वरको निजी कार पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो । सडकमा गुडीरहेको कारलाई पहिरोले पुरेको हो । पहिरोले कार पुरेपनि मानवीय क्षती भने नभएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानाकारी दिनुभयो । कार पुरेको स्थानमा नेपाली सेनाको टोलि खटिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*