अनेरास्ववियू संयोजक जन्मदिन : “म एक समान्य मान्छे” ऐन महर

२७ असार २०७६, सुदुरपश्चिको विकट पहाडी जिल्ला बझाङ्खमा बुवा राम महर र माता रतना देबि महरको कोख बाट २०४० साल असार २७ गते अनेरास्ववियूको केन्द्रिय संयोजक ऐन महरको जन्म भएको हो । उहाको जन्म दिन उहाँले भन्नु भएको जस्तो “म एक सामान्य मान्छे हुँ” भनिरहदा विद्यार्थीहरुले उहालाई एक असल, निडर, साहासी, इमान्दार र विद्यार्थी आन्दोलनको धरोहरको रुपमा हेरेका छन भने भावि राष्ट्र नायको रुपमा हेरिएको छ । आज हामीले पुर्व अखिल र पुर्व अखिल क्रान्तिकारी बाट जन्म भएको अनेरास्ववियूको विद्यार्थी आन्दोलनको संयोजक ऐन महरको जन्म दिनमा उहाँको विद्यार्थी राजनितिक यात्रा बारेमा केहि लेख्ने प्रयास गरिरेका छौ । सुदुरपश्चिको विकट पहाडी जिल्ला बझाङ्खको एक गाउँमा लडदै खेल्दै स्कुल ले जिवन बिताउनु भएको ऐन महर ,तत्कालीन घरमा बुवा नेपाली काँग्रेसको तत्कालनि गाविसको अध्यक्षहुँदै महासमिति सदस्य समेत हुनु भएको थियो । घरमा राजनितिक गतिविधी नै भएको हुँदा २०४६ ÷०४७ सालको जनआन्दोलन रेडियोमा रेडियो नेपाल बाट बाल मस्तिकमा केहि राजनितिक चेत गुन्जिदै थियो ।उहाँले नेपाली काँग्रेसको भनाई र गराई प्रति मेल नखादा वितृष्ण जाग्दै थियो भन्ने २०५० साल जेष्ठ ३ गते मदन कुमार भण्डारीको चितवनको दास ढुङ्खगामा जिप दुर्घटना परि मुत्यू भए पछि भने कम्युनिष्ट पाटी म झुकाव बढदै गयो । त्यस पश्चात स्कुलले शैक्षिक जीवन बझाङ्खमा नै सकाएर २०५५ सालमा उच्च शिक्षा अध्ययनको लागी काठमाण्डौ प्रवेश गर्नु भयो घरको पारिवारिक पृष्ठभुमि नेपाली काँग्रेस भएको हुँदा विज्ञान विषय अध्ययनको लागी त्रिचन्द्र क्याम्पस भर्ना गरियो । उहाँको मानसपटलमा कम्युनिष्ट छाप बढेकाले नेपाल विद्यार्थी संघ बाट राजनिति गर्ने मन नपरेर र विज्ञान पढने र राजनिति गर्नेका लागी नै अमृत साइन्स् क्याम्पस (असकल) भर्ना हुनु भयो र पहिलो दिन देखि नै अखिलको राजनितिमा लाग्नु भयो २०६३ सालमा तत्कालीन अखिलको १८ औं राष्ट्रिय सम्मेलनमा सदस्य समेत जित्न नसक्नु भएको संयोजक महर २०६५ मा १९ औं राष्ट्रिय सम्मेलनमा सबै भन्दा बढि मतले केन्द्रिय सदस्य जित्नु भयो भन्ने त्यसै गरि २० औं र २१औं राष्ट्रिय सम्मेलनमा क्रमश अत्याधिक मतले सचिवालय सदस्य र उपाध्यक्ष हुनु भयो भने २२ औं राष्ट्रिय सम्मेलनमा शक्तिशालि महासचि बन्नु भयो । अखिलको राजनितिमा कहिले विद्यार्थी, कार्यकर्ता नेता बनेर इमान्दारीताको साथ निरन्तर क्रियाशिल भई कहिले उकाली कहिले उराली विभिन्न आरोह अबरोह हुँदै लगभग आज २१ बर्ष बिना थकान निरन्तर लागीरहनु भएको छ । भनिन्छ राजनितिमा थकाई भन्ने कुरा नै हुँदैन आज त्यसैको उपज २०७६ साल सम्म आई पुग्दा अनेरास्ववियूको केन्द्रिय संयोजक बन्न सफल हुनु भएको छ ।विद्यार्थीहरुको हकहित र जनतासँग प्रत्यक्ष सधै दुख सुखमा साथमा रहने युवा नेता महर सबैको प्रिय व्यक्ति बन्नु भएको छ । पछिल्लो समय अनेरास्ववियूले ५० लाख रुख रोप्न ४० हजार विद्यार्थी देशको सबै स्थानिय तह सम्म परिचालन गरिग्रिन नेपाल क्लिन नेपाल बनाउने भनेर घोषण गदै अब सुखी र समृद्ध नेपाल बनाउने बताउनु भएको छ यो जोस जागर र इच्छा शक्ति भएको लगनशिल मेहनति सच्चा कम्युनिष्ट युवा नेता यसरी हेदै जाने हो भने उहाँ राष्ट्र नायक हुने सम्भावना प्रवल देखिन्छ ।
(जन्म दिनको हार्दिक शुभकाना अनेरास्ववियू संयोजक : ऐन महर )

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*