हेटौंडा ५ र भिमफेदीका बिद्यालय तीन दिन बिदा
हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका र हेटौंडा ५ का सम्पूर्ण बिद्यालयहरु तीन दिनका लागि बन्द गरिएको छ । लगातकारको वर्षाका कारण बाढी, पहिरो र डुवानका कारण भिमफेदी गाउँपालिकाको सबै वडाका बिद्यालय र हेटौंडा ५ का सामुदायिक तथा संस्थागत बिद्यालयहरु बन्द गरिएको हो । भिमफेदी गाउँपालिका भरिका बिद्यालयहरु आज देखी २०७६ असार ३१ सम्मका लागि बिदा दिइएको फिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो । बिद्यालय सञ्चालन गर्दा पनि बाढी, पहिरोका कारण आउन नसक्ने अवस्था भएकाले तीन दिन सम्मका लागि बिदा दिइएको उहाँले बताउनुभयो । अहिले खहरे खोलाहरु बढेर तर्न नसक्ने अवस्था भएपछी बिदा दिनुपरेको हो । यसैगरी हेटौंडा ५ का अधिकांश बिद्यालय लगातारको वर्षाका कारण डुवानमा परेका छन् । पानी कम भएपनि बिद्यालय भित्र सफा गर्नुपर्ने र पानीको झरीको समस्या अझैपनि भएकाले बिद्यालय बन्द गर्नुपरेको हेटौंडा उपमहानगरपालिकाका सुचना अधिकृत भानुभक्त थपलियाले जानकारी दिनुभयो । हेटौंडा ५ का सामुदायिक तथा संस्थागत बिद्यालयहरु तीन दिनका लागि बन्द गरिएको हो । हेटौंडाका १९ वटा वडाको तुलनामा ५ नम्बर वडामा लगातारको वर्षाका कारण डुवान भएको थियो ।