कुलेखानी भरिएपछि खोल्ने तयारी, सतर्क रहन आग्रह
मकवानपुर । कुलेखानी ड्याम भरिएरपछि खोल्ने तयारी गरिएको छ । ड्याम भरिदाँ खतराको संकेतदेखिएको भन्दै खोल्ने तयारी गरिएको हो । निरन्तरको वर्षापछि कुलेखानीमा पानीको सतह निकै बढेको र क्षमताभन्दा बढी पानी जमेपछि खतरा निम्तन सक्ने भन्दै जिल्ला सुरक्षा समिति मकवापनुरको बैठकले ड्याम खोल्ने निर्णय गरेको हो । उक्त ड्याम खोल्दा पानीको प्रवाह हुने विभिन्न चार जिल्लामा प्रभाव पार्ने छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् । कुलेखानीको ड्यामको ढोका खोल्दा मकवानपुरको भिमफेदी, इन्द्रसोवर, बागमती गाउँपालिकाका साथै सर्लाही, रौतहट र सिन्धुली जिल्लामा प्रभाव पर्छ । विहान ८ बजे कुलेखानी ड्यामको ढोका खोल्ने तयारी गरिएको छ । कुलेखानी ड्यामको क्षमता १ हजार ५ सय ३० मिटर रहेको छ । बिहान ६ बजे सम्ममा १ हजार ५ सय २५ दशमलब ४ मिटर पानी भरीसकेको छ ।प्रतिघण्टा २ मिटरका दरले पानी बढीरहेको र यसलाई नखोलिए खतरा बढ्ने भएकोले खेल्ने तयारी गरिएको प्रजिअ तामाङले बताए ।