कुलेखानी बाँध खोल्ने तयारी स्थगित , टर्वाइनबाटै निकास गरिदै

मकवानपुर । कुलेखानी जलविद्युत आयोजनाको ईन्द्रसरोवरको बाँध खोल्ने तयारी स्थगित भएको छ ।ईन्द्र सरोवरमा पानी अत्यधिक भएपछि बाँध खोलेर बाहिर निकाल्ने तयारी थालिएको थियो । तर, अहिले पानी बढ्ने दर घटेकाले टर्वाइनबाटै नियन्त्रित निकास भइरहेको गृह मन्त्रालयको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ । कुलेखानीको क्षमताभन्दा बढी पानी भरिएपछि जिल्ला सुरक्षा समिति मकवानपुरको बैठकले ड्याम खोलेर पानी निकाल्ने निर्णय गरेको थियो । कुलेखानीको पानी कुलेखानी खोला हुँदै बाग्मती खोला भएर बग्छ । बाँध खोलेको अवस्थामा मकवानपुरका भिमफेँदी, इन्द्रसरोवर, बाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर, क्यान्टिन, सर्लाहीको विभिन्न क्षेत्र, सिन्धुलीको हरिहरपुर गढी क्षेत्र आसपासका नागरिक सचेत हुनुपर्छ । कुलेखानीको क्षमता कूल एक हजार ५३० घनमिटर छ । अहिले पानी १ हजार ५२६।१८ घनमिटर पानी छ । ३७ वर्षअघि निर्माण गरिएको ड्याम समुन्द्री सतहबाट ११४ मिटर उचाइमा छ । कुलेखानी आयोजनालाई सुख्खायाममा लागि ‘पावर ब्याक अप’का रुपमा राखिने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*