हेटौडा कोरा साईक्लिङ्ग च्यालेन्ज हुदै
हेटौडा । स्वाथ्यका लागी साईकल भन्ने मुल नारा लिएर बिभिन्न गत्तिबिधि गरीरहेको हेटौडा राईर्डस कलबले हेटौडा कोरा साईक्लिङ्ग च्यालेन्ज आयोजना गर्ने भएको छ । बिश्व साईकल यात्री पुस्कर शाहको आतिथ्यतामा आगामी श्रबण ४ गते आयोजना गर्न लागेको साईक्लिङ्ग च्यालेन्जले आफुको लागी आफै च्यालेन्ज गरौ भन्ने अभिप्रार्य राखेको कलबका अध्यक्ष बिकाश ताम्राकारले बताए । ५० किलोमिटरको यात्रा गरीने हेटौडा कोरा साईक्लिङ्ग च्यालेन्जमा भागलिन जिल्ला बाहिरबाट साईकल यात्रीहरुको सहभागीता रहने बताईएको छ । कार्यक्रममा बारा,पर्सा,उदयपुर,काठमाण्डौ,ललीतपुर,भक्तपुर,चित्तवन,कैलाली,धादिङ्ग लगाएतका जिल्लाहरुबाट साईकल यात्रीहरु सहभागी हुने अध्यक्ष ताम्राकारले बताए । स्वाथ्यका लागी साईकल र जिल्लाका बिभिन्न धार्मीक स्थलहरु चिनाउने मुख्य लक्ष्य राखीएको यो कार्यक्रममा जिल्ला र जिल्ला बाहिरका करीब १ सय ५० साईकल यात्रीहरुको सहभागीता रहने अध्यक्ष ताम्राकारले बताए । कार्यक्रम श्राबण ४ गते बिहान ६ : ३० बाट भुटनदेबीे मन्दिरहुदै बुद्धचोक,पिपलबोट,संगमचोक,नगरपालीकारोड,बनस्खण्डी,सिंचाईटोल हुदै मनकामना मन्दिर,पिप्लेकुना हुदै क्याम्पाडाडा,कमाने,औधोगीक क्षेत्र,गुम्बाचोक,सिमेन्टरोड हुदै चौधघरे,कुश्माण्ड सरोबरधाम,बनस्पतीहुदै पदमपोखरी,बेलडाडा,तीनताप्के हुदै पुन बुद्धचोक आएर शहिदस्मारक,पुन्यक्षेत्र हुदै बुद्धचोक आएर कार्यक्रम समापन हुने अध्यक्ष ताम्राकारले बताए । नेपाल भ्रमण बर्ष २०२० लाई मध्येनजर गर्दै कार्यक्रम आयोजना गरीएको बताईएको छ । कार्यक्रममा भागलिन जस्तोसुकै साईल लिएर सहभागीहुन सकने बताईएको छ । सहभागी हुन २ सय रुपैया दस्तुर तिर्नुपर्ने सो बापत टिसर्ट र खाना नास्ताको ब्यबस्था रहेको अध्यक्ष ताम्राकारले बताएकाछन् । कार्यक्रममा सहभागी जनाउनेहरुको लागी फारम भर्न सजिलोहोस भन्दै आयोजकले बुद्धचोक लक्ष्मण साईकल स्टोर्स अगाडी टेण्टसहित सेवा सुचारु गरीरहेको छ । कार्यक्रमको नाम हेटौडा कोरा साईक्लिङ्ग च्यालेन्ज रहेपनि यो प्रतीयोगीतात्मक कार्यक्रम नभएको आयोजकले प्रष्टपारेको छ ।