पत्रकार खेम भण्डारीलाई एक घण्टा कैद र एक रुपैयाँ जरिवाना

काठमाडौँ । कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई एक घण्टा कैद र एक रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। अदालतको अवहेलना सम्बन्धी मुद्दामा भण्डारीलाई सर्तसहितको कैद र जरिवानाको फैसला भएको जिल्ला अदालतका स्रेष्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए । भण्डारीविरुद्ध नेपाल वार एसोसिएसन कञ्चननपुरले अवहेलना मुद्दा दर्ता गरेको थियो। मुद्दामा जिल्ला न्यायाधीश डा। सुरेन्द्र प्रसाद आचार्यको इजलासले सर्तसहितको कैद र जरिवानाको सजाय सुनाएको हो । भण्डारीलाई एक घण्टा कैद र एक रुपैयाँ जरिवाना सुनाइए पनि उनले आफ्नो फेसबुक र पत्रिकामा अदालतविरुद्ध लेखेका सामग्री हटाएर आत्मालोचना गरेमा कैद र जरिवाना कार्यान्नयन नहुने आदेश भएको श्रेष्तेदार अवस्थीले बताए । यसका लागि भण्डारीलाई तीन दिनका समय दिइएको उनले बताए। तर अटेर गरेमा र तीन दिनभित्र सजाय भुक्तानका लागि उपस्थित नभएमा एक घण्टा कैदको सट्टा एक दिन र एक रुपैयाँ कैदको सट्टा एक दिन गरी दुई दिनको कैद सजाय हुने फैसलामा उल्लेख गरिएको श्रेष्तेदार अवस्थीले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*