लोक सेवाको विज्ञापन खारेजी गर्न माग गर्दै काठमाडौंमा प्रर्दशन

काठमाडौं । संघीयताको मर्म विपरीत लोकसेवा आयोगले निकालेको विज्ञापन समावेशी नभएको भन्दै खारेजीको मागसहित राजधानीमा प्रदर्शन गरिएको छ । संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत प्रकाशित गरिएको लोक सेवा आयोगको विज्ञापनविरुद्ध आदिवासी जनजाति, मधेसी, दलित, महिला, अपांगता भएका व्यक्ति र पिछाडिएका क्षेत्र तथा विभिन्न राजनीतिक दलले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरुले पहिचानसहितको संघीयता र पूर्ण समानुपातिक समावेशिता लागू गरिनु पर्ने माग राख्दै बाजागाजासहित प्रदर्शन गरे । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र आयोगका अध्यक्ष उमेश मैनालीको राजीनामासमेत माग गरेका छन् । उनीहरुले सरकार आरक्षण विरोधी भएको आरोप लगाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*