योगदानमा आधारित सामाजिक सुरक्षा आजदेखि कार्यान्वयनमा

काठमाडौँ । गत मंसिरबाट शुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना आजदेखि औपचारिक रुपमा कार्यान्वयनमा आएको छ । नेपालको संविधानले व्यवस्था गरेअनुसार सामाजिक सुरक्षा पाउने मौलिक हकलाई सुनिश्चित गर्न आधार तय गरेको छ । सामाजिक सुरक्षा कोषले शुरुमा चार योजना सञ्चालन हुने जनाएको छ । जसमा औषधि, उपचार तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्त सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना रहेका छन् ।
सामाजिक सुरक्षासम्बन्धी कार्यविधिमा रोजगारदाता कम्पनीले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत कट्टा गरेर त्यसमा २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्ने व्यवस्था छ । योगदान वापतको रकम सामाजिक सुरक्षा कोषमा जम्मा गरेपछि मात्रै सामाजिक सुरक्षा योजनाका सुविधाहरु प्राप्त हुनेछ । श्रमिक तथा कर्मचारीको सामाजिक सुरक्षाको सवालमा सरकार गम्भीर रहेको भन्दै गत मंसिर ११ गते ‘नयाँ युगको सुरुआत्’ नारा दिएर कोषको अवधारणा सार्वजनिक गरिएको थियो । सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन रोजगारदाता कम्पनी तथा व्यवसायिक संस्थाहरुलाई समयसीमा दिई आह्वान गरे पनि रोजगारदाताहरुको उल्लेखनीय सहभागिता भने देखिएको छैन । कार्यक्रमलाई श्रमिकको हकहित अनुकुल भएको भनिएपनि सुरक्षा कोषको अवधारणा अनुरुप निजी क्षेत्रलाई दबाब दिन नसक्दा सूचीकरण प्रमावकारी हुन सकेन । अब यसको कार्यान्वयन पाटो कस्तो रहन्छ, त्यो भने हेर्न बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*