हेटौँडामा तरकारीको भाउँ आकाशियो – भाउँ सहित

हेटौँडा । मकवानपुरको हेटौँडामा तरकारीको भाउ आकाशिएको छ । अविरल वर्षाको चपेडमा परेका हेटौाडाका स्थानीयहरुलाई तरकारीको भाउले समेत मारमा पारेको छ । आज श्रावण १ गते बुधबार हेटौँडामा गोलभेडाको भाउ थोक मुल्यमा १ सय ५० छ भने खुद्रा पसलहरुमा १ सय ६० रुपैँया सम्म विक्रि भएको पाईएको छ ।
यस्तो छ तरकारीको भाउ
काउली : १००-१२०
बन्दा : ५०-६०
घिरौला : ७०-८०
हरियो बोडी : ८०-९०
धनीया : २००-२२०
हरियो खुसार्नी :१५०-१७०
चिप्लेभेन्टा : ६०-७०
भन्टा : १००-११०
अत्याधिक मात्रामा मनलाग्दी हिसावले तरकारीको भाउँमा बृद्धि भएपनि हेटौँडा उपमहानगरपालिकाले तरकारीको भाउको अनुगमन नगरेको स्थानीय उपभोक्ताहरुले गुनासो ब्यक्त गरेका छन् । उनीहरुले यस्तो प्रकारले भाउमा बृद्धि हुँदा उपमहानगरपालिकाले तत्काल बजार अनुगमन गरेर भाउलाई नियन्त्रण गर्नको लागि अनुरोध गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*