प्रदेश ३ सरकारले साउन देखिनै बजेट कार्यान्वयनको तयारी गर्दै

हेटौंडा । प्रदेश नम्बर ३ सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेट कार्यान्वयनमा जोड दिने भएको छ । बितेको आर्थिक वर्षमा काम गर्नका लागि कानुन अभाब, कर्मचारीको समस्या, कार्यालयगत प्राबिधिक नहुनु लगायतका समस्याले धेरै वजेट कार्यान्वयन गर्न नसकेको प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले बताउनुभयो । तर, चालु आर्थिक वर्षमा बजेट कार्यान्वयन गर्नका लागि तत्काल सुरु गरिने उहाँले बताउनुभयो । बितेको आर्थिक बर्षमा सबैजसो मन्त्रालय र प्रदेशका कार्यालयले बजेट कार्यान्वयन गर्न सकेनन् । त्यसैले चालु आर्थिक वर्षमा बजेट कार्यान्वयन गर्नका लागि कार्यबिधि बनाउने काम सुरु गरिहाल्ने, अपुग प्रशासनिक र प्राबिधिक कर्मचारी पुरा गर्ने, आवस्यक कानुन निर्माण गर्ने र बजेट खर्च गर्ने कामलाई तिब्रता दिइने मन्त्री ढुंगेलले बताउनुभयो । बजेट खर्च गर्नका लागि पहिलेका वर्षमा जस्तो समस्या नहुने बताउँदै उहाँले भन्नुभयो–‘पहिले कानुन अभाब, कर्मचारी नहुनु लगायतका समस्याले हामिले ल्याएको बजेट खर्च गर्न सकेनौ ।
अव बजेट खर्च गर्नका लागि समस्या छैन । सबैजसो तयारी पुरा गरेका छौ । बजेट खर्च गर्नका लागि यही साउनबाटनै लाग्छौ ।’ प्रदेश नम्बर ३ सरकारले चालु आर्थिक बर्ष २०७६–०७७ का लागि ४७ अर्ब ६० करोड ८७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । कुल बजेट मध्यमा ५१ दशमलब ३९ प्रतिशत अर्थात २४ अर्ब ४६ करोड रुपैयाँ चालु खर्च रहेको छ । त्यसैगरी पुँजीगत खर्च तर्फभने ४७ दशमलब ९८ प्रतिशत अर्थात २२ अर्ब ८३ करोड ९८ लाख रुपैयाँ छुट्याइएको अर्थ मन्त्री कैलाश प्रसाद ढुङ्गेलले बताउनुभयो । बित्तीय ब्यबस्थापनमा ३० करोड रुपैयाँ छुट्याइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*