लागु औषध सहित हेटौंडाबाट २ जना पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडाबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नंबर १७ रामनगर बस्ने ४० वर्षीय टिकाराम सार्की र सोही ठाउँका ४५ वर्षीय तारा बहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बुधबार इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुण कुमार कुशवाहाको नेतृत्वमा गएको टोलीले हेटौंडा उपमहानगरपालिका वडा नंबर १५ रातोमाटेमा पथलैयाबाट हेटौंडा तर्फ आउदै गरेको ना १४ प ३२४५ नम्बरको मोटरसाईकलमा चेकजाँच गर्ने क्रममा मोटरसाईमा सवार भुजेलले पछाडी भिर्ने झोलामा लुकाई छिपाई ल्याउँदै गरेको लागुऔषध वानरेक्स एक सय एम एल को १०० बोतल फेला परेपछि निजहरूलाई पक्राउ गरिएकोको प्रहरीले जनाएको छ । उनीहरू माथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ।