अनेरास्ववियूले चन्दा लिए कारवाही हुने
काठमाडौैं । अनेरास्ववियूले निजी शैक्षिक संस्थाहरुबाट चन्दा तथा आर्थिक सहयोग नलिने घोषणा गरेको छ । गठनका संयोजक ऐन महरले पत्रकार सम्मेलन गर्दै संगठन वा व्यक्तिका नाममा आर्थिक सहयोग वा चन्दा नलिन निर्देशन दिएका छन् । पत्रकार सम्मेलनमा संयोजक महरले भने, कसैले निर्देशन विरुद्ध गएर आर्थिक सहयोग लिएमा चन्दा उठाएमा कारवाही हुन्छ ।
विद्यार्थी नेताहरु आर्थिक चलखेलमा लागेको भन्दै गुनासो आइरहेका बेला संयोजक महरले यस्तो निर्णय गरेको वताए । सत्तारुढ दल नेकपाको भातृ संगठनको निर्णय अत्यन्तै सम्मानजनक रहेको भन्दै एक निजी विद्यालयका संचालकले भने । उनले भने, हामीले विद्यार्थी नेतरालाई खुसी पार्न धेरै काम गर्नुपर्छ ।
संगठनलाई सहयोग एक ठाउँमा गर्न सकिन्छ । तर, प्रत्येक नेताका सम्पर्क सुत्रले हैरान पार्छन र पो त । ती संचालकले भने । यद्यपी अनेरास्ववियूमा यो निर्णयलाई केहि विवाद भने सिर्जना भएको छ ।