बाढी पीडितको उद्धारमा सरकारले ध्यान दिएन – देउवा

सुनसरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पीडितको उद्धार तथा राहतमा संघीयण् सरकारले ध्यान नदिएको आरोप लगाउनु भएको छ । डुबान तथा बाढीले क्षति भएका स्थानहरुको निरक्षणमा निस्कनु भएका सभापति देउवाले सरकारले पीडितहरुको समस्या बुझ्न नसकेको आरोप लगाउनु भएको हो । प्रेस युनियन इटहरी नगरसमितिले शनिबार बिहान इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सरकारले भारतसँग कूटनीतिक पहल गर्न नसकेको आरोप समेत लगाउनु भयो । उहाँले सरकारले कूटनीतिक पहल गर्न नसक्दा तराईमा बाढी तथा डुबानले बढी क्षति गरेको दाबी गर्नुभयो । तराईका डुबानग्रस्त क्षेत्र अवलोकनका क्रममा पीडिहरुको विचल्ली अवस्था रहेको भन्दै राहतका लागि संसदमा आवाज उठाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले पीडितहरुको राहत र पुनस्थापना प्रतिपक्षी दलको हैसियतमा सहयोग गर्ने घोषणा गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*