डा. केसीद्धारा रौतहटको बाढी प्रभावितलाई निस्शुल्क स्वास्थ्य सेवा

रौतहट । बाढी प्रभावित क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा दिन वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा। गोविन्द केसी रौतहट आइपुगेका छन् । बाढी प्रभावित इशनाथ नगरपालिकाको बन्जरहा स्वास्थ्य चौकीमा आएका बिरामीहरुको स्वास्थ्य परीक्षण गरेका हुन् । औषधीसहित प्रभावित स्थानमा पुगेका डा.केसीले बिरामीहरुको स्वास्थ्य परीक्षण गरी निस्शुल्क औषधी वितरण गरेका छन् । झाडा-पखाला, भाइरल ज्वरो तथा छाला सम्बन्धी बिरामीहरु स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थामा पुगेका थिए । जिल्ला जनस्वास्थ्य कार्यालय तथा स्थानीय विपद् व्यवस्थापन समितिबाट स्वास्थ्य परीक्षणसम्बन्धी कुनै शिविर सञ्चालन नभएको अवस्थामा डा। केसी आएर स्वास्थ्य परीक्षण गरेपछि बाढीबाट प्रभावित भएका बस्तीका बासिन्दा खुसी भएका थिए । बाढीबाट प्रभावित स्थानमा रोगको संक्रमण बढी हुने र महामारी फैलिने सम्भावना बढ्ने भएकाले बिरामीहरुको स्वास्थ्य परीक्षणका लागि रौतहट आइपुगेको डा. केसीले बताए । बाढीबाट प्रभावित स्थानमा खाध्यान्न लगायतका अन्य राहत पुगे पनि स्वास्थ्य सेवा नपुगेकाले रौतहटको बन्जरहामा आएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*