बाढी – पहिरो अपडेट : ९० को मृत्यु, १३ हजार परिवार विस्थापित

काठमाडौँ । बाढी र पहिरोमा परी हालसम्म १ अर्ब २ करोड ७२ लाख ४५ हजार ५ सय रुपैयाँ क्षति भएको छ । बाढीपहिरोका कारण ३४ जिल्लामा ९० जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको हो । गृह मन्त्रालयको आपतकालीन कार्यसञ्चालन केन्द्रले दिएको तथ्यांकअनुसार ३४ जिल्लामा बाढी र पहिरोको प्रकोपले क्षति पुर्याएको जनाएको छ । बाढीपहिरोको कारण प्रभावित जिल्लाका १३ हजार १ सय १ घरधुरी अस्थायी रुपमा विस्थापित भएको मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो सात दिनमा मात्रै बाढीबाट ३३ र पहिरोबाट २ जनाको मृत्यु भएको छ । क्षतिको विवरण आउने क्रम भने अझै जारी रहेको मन्त्रालयले जनाएको छ । फेरि मनसुनी रेखा नेपालमा सक्रिय भएको भन्दै आगामी तीन दिन मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले खहरे खोला र साना नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह समेत गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*