दशैँअघि नै मिनी पानीजहाज सञ्चालन हुने

चितवन । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा रिभर क्रुजसिप (मिनी पानीजहाज) सञ्चालनमा आउने भएको छ । क्रुज दशैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । क्रुज सञ्चालन गर्ने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले शनिबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी दशैँ अगाडि क्रुज सञ्चालनमा ल्याइने जानकारी दिएको हो । सम्भाव्यता अध्ययन गरी सञ्चालन गर्न सकिने देखिएपछि काम थालिएको सो अवसरमा जानकारी दिइयो ।

प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले निर्माणको काम अन्तिम चरणमा पुगिसकेकाले दुई महीनापछि अर्थात् दशैँअघि सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको बताउनुभयो । भरतपुर महानगरपालिका– १६ स्थित ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाट बगरमा पोर्ट र क्रुज निर्माण भइरहेको छ । ज्ञानेश्वर सामुदायिक वनसँग २० वर्षको सम्झौता गरी क्रुज निर्माण गरिएको हो । क्रुज सञ्चालन गर्न करीब रु ३५ करोड लागत लाग्ने अनुमान गरिएको कँडेलले बताउनुभयो । क्रुज हालका लागि पर्यटकीय प्रयोजनका लागि मात्र हुनेछ । क्रुजमा बिहानको ब्रेकफाष्ट खाँदै नदीमा सयर गर्न चाहनेहरुले ब्रेकफाष्ट क्रुजको मज्जा लिनेछन् । अपराह्न खानानै क्रुजमा खाँदै रमाउन चाहनेका लागि लञ्च नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुज हुने कँडेलले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*