भिमफेदी कारागारको महिला बन्दीगृह सुधार गरिदै
हेटौंडा । मकवानपुरको भिमफेदी कारागारमा महिला बन्दीहरुका लागि बषौदेखि समस्या बेहोर्दै आएपछी थप सुधार गर्न लागिएको छ । बिभीन्न अपराधमा संलग्न महिलाहरु कारागार चलान हुँदा पनि समस्या बेहोर्ने हुँदा थस सुधार गर्न लागिएको हो । प्रदेश नम्बर ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले महिला बन्दीगृहको थप सुधारका लागि बितेको आर्थिक वर्षमा पनि सुबिधा सम्पन्न सौचालय निर्माणको बजेट छुट्याएर काम गरिरहेको छ । त्यसैगरी त्यसबाट बचेको रकमबाट चालु आर्थिक वर्षमा पनि १७ लाख ५० हजार रुपैयाँ लागतमा काम गर्ने तयारी गरिएको प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले बताउनुभयो ।