मकवानपुरमा मालवाहक सवारी साधनले ७ वटा सवारी साधनलाई ठक्कर दिँदा २ जनाको मृत्यु

मकवानपुर । भारतीय नम्बर प्लेटको एक मालवाहक सवारी साधनले ७ वटा सवारी साधनलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने १० भन्दा बढी घाइते भएका छन् । त्रिभुवन राजपथ अन्तरगत मकवानपुर जिल्लाको चुरियामाईको उकालोमा ब्रेक फेल भएको भारतीय नम्बर प्लेटको मालवाहक सवारी साधनले सडकमा रहेका टाटा सुमो, अटो र मोटरसाइकलसहित ७ सवारी साधनलाई ठक्कर दिएको थियो ।ठक्कर दिँदा अटो चालक सुजन ढकाल र एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकल चालकको सनाखत हुन सकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*