मकवानपुरको सुपारेटार व्यारेक ईलाकामा २ हजार विरुवा रोपीयो
हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सूपारेटार व्यारेक इलाकाको सामरी खेल मैदान तथा वासुदेव मार्ग आसपासमा बृक्षारोपण गरिएको छ । नेपाली सेनाले एक जवान एक विरुवा अभियान अन्तरगत व्यारेक इलाकामा बृक्षा रोपण गरिएको हो ।पुरानो गोरख गणको आयोजना तथा जिल्ला वन कार्यालय मकवानपुरको सहयोगमा आज २ हजार वटा बिभीन्न जातका विरुवा रोपिएको हो । व्यारेक इलाकामा रुखको विरुवा रोप्दै मध्यपृतना हेड्क्वाटरका पृतनापति तथा उपरथी शुवर्ण बहादुर शाहले उद्घाटन् गर्नुभयो ।