निर्मला प्रकरण जघन्य अपराध हो, तर नौलो होइन – गृहमन्त्री थापा
काठमाडौं । करीब १ वर्ष अगाडी जबरजस्ती करणी पश्चात मारिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको विषयमा गृहमन्त्री राम बहादुर थापा बादलले उकत प्रकरण जघन्य अपराध भएको भए पनि नौलो भने नभएको बताउनु भएको छ । आर्थिक वर्ष २०७५र०७६ मा गृहमन्त्रालयमा प्रगतिविवरण सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले निर्मला प्रकरण नौलो नभएको बताउनु भएको हो । त्यस्ता प्रकरणहरु नयाँ र नौलो नभएको हिजो पनि भएको थियो, आज पनि भइरहेको छ र भोलि पनि केही हदसम्म रहन्छ, उहाँले भन्नुभयो यस्ता घटनालाई पूर्णरूपमा नियन्त्रण गर्न गार्हो छ । बालिकाको निधन भएको नै १ वर्ष वितिसक्दा समेत अपराधी पत्ता लाग्न नसकेको अवस्थामा यस प्रकरणलाई राजनीनिकरण गर्नु गलत हो उहाँले भन्नु भयो । गृहमन्त्रालय अझैपनि अपराधीको खोजी तथा सो घटनाको छानबिन कै क्रममा रहेको बेला गृहमन्त्रालयले अपराधीलाई जोगाएको भनेर राजनीति गर्नु दुस्खद हो, उहाँले भन्नुभयो ।अपराधीलाई कानुनी कठघरामा ल्याउन प्रहरी र गृहमन्त्रालय सफल रहेको छ, उहाँले भन्नुभयो । हिजोको सरकारको पालामा भएका घटना थिए, हिजो पनि ल्याउन सकिएन र आज पनि गाह्रो छ । अन्तराष्ट्रिय स्तरमा समेत यस्ता घटनाको अपराधी कानुनको कठघरामा आउन समय लागेका छन, निर्मलाका अपराधीलाई कानुनको कठघरामा ल्याउन सरकार कटिबद्ध रहेको छ,उहाँले भन्नुभयो ।