भ्रष्टाचार गर्ने जोसुकैलाई कानुनी दायरमा ल्याउछु – प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध आफू निर्मम तरिकाले प्रस्तुत हुने बताएका छन् । बुधबार आफ्नै सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रकम जम्मा गर्न पुगेको केडिया ग्रुप र निजमती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका पदाधिकारीसँग कुरा गर्दै उनले भ्रष्टाचार र अनियमितता गर्ने जोसुकैलाई कानुनी दायरमा ल्याउने प्रतिबद्धता दोहोर्‍याए । सरकार सुशासन र विकासप्रति समर्पित भएको भन्दै प्रधानमन्त्री ओलीले प्रशासन संयन्त्रलाई स्वच्छ र पारदर्शी बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताए । उनले मुलुकको हात–खुट्टा भनेकै कर्मचारी भएकाले कर्मचारीको सहयोगविना भ्रष्टाचार अन्त्य गर्न नसकिने बताए ।आन्दोलनको युग समाप्त भएको भन्दै प्रधानमन्त्री ओलीले आन्दोलनकारीका जायज मागलाई सम्बोधन गरिने बताए । बहुसंख्यक जनताले अंगिकार गरेको शासन प्रणालीअनुसार सरकार लोकतान्त्रिक बाटोमा अगाडि बढेको भन्दै उनले सबैको चित्त बुझाउन नसकिने प्रस्ट पारे । बाढीपीडितका लागि केडिया ग्रुपले १५ लाख रुपैयाँ र ट्रेड युनियनले १० लाख रुपैयाँको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*